काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले दिएको राजिनामा आजै स्विकृत भएको छ। मुख्यमन्त्री प्रदेश सभाको बैठक बस्नु अघि नै राजिनामा दिएका हुन्।
मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा पत्र बुझाएका हुन्। त्यस लगतै प्रदेश प्रमुखले उनको राजिना स्वीकृत समेत गरेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेपाली काङ्ग्रेस, नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टी(जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेको र आज प्रदेश सभामा पेस हुन लागेको थियो।
राजिनामा दिँदै शंकर पोखरेलले नेकपा एमालेको एकल बहुमतको सरकार गठनको दाबी गरेका छन्। उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने दाबी गरेका हुन्।

