सुनुवार विद्यार्थी समाज संघीय समितिको आठौं राष्ट्रिय सम्मेलन संघीय राजधानी काठमाडौंमा शनिबार सम्पन्न भएको छ । सुनुवार सेवा समाज संघीय समितिको कार्यालय भवनमा सम्पन्न सम्मेलनबाट मुस्कान सुनुवारको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन ।
सम्मेलनबाट अध्यक्षमा मुस्कान सुनुवार, वरिष्ठ उपाध्यक्ष विवश सुनुवार, उपाध्यक्ष गलिज सुनुवार, महिला उपाध्यक्ष– मेलिसा सुनुवार, महासचिव आशिष सुनुवार, सचिव मिरा सुनुवार, महिला सचिव स्वीकृति सुनुवार, कोषाधायक्ष नविन सुनुवार, सदस्यहरुमा क्रमश सविना सुनुवार (पाँचथर), सविना सुनुवार (सिन्धुली), मनिषा सुनुवार, मिन कुमार सुनुवार बृजन सुनुवार, कृतिका सुनुवार, आशा सुनुवार, खुसी सुनुवार र राजेश सुनुवार निर्वाचित भएका छन ।
मनिषा सुनुवारको अध्यक्षतामा भएको आठौं सम्मेलनको उद्घाटन समारोहको प्रमुख अतिथी सुनुवार सेवा समाज संघीय समिति अध्यक्ष अमृत बहादुर सुनुवार, त्यसै गरि बिशेष अतिथीको रुपमा सुनुवार सेवा समाज संघीय समितिका संस्थापक सदस्य प्रेम सुनुवार हाँबाली, सुनुवार सेवा समाज संघीय समितिका पुर्व अध्यक्ष ईश्वर किरण सुनुवार (अतित), आदिबासी जनजाति बिद्यार्थी महासंघका अध्यक्ष चन्द्र चौधरी, सुनुवार बिद्यार्थी समाजका संस्थापक अध्यक्ष गणेश मुखिया, संस्थापक सचिव बिष्णु मुखिया, सुनुवार महिला समाजका अध्यक्ष शोभा सुनुवार, सुनुवार राष्ट्र सेवक समाजका अध्यक्ष अमरदिप सुनुवार, होलिष्टिक हष्र्व प्रा.लि अध्यक्ष एल बि मुखिया लगायत विभिन्न क्षेत्र, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधी र सुनुवार बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा संस्थालाई योगदान पु¥याउने बिभिन्न ब्यक्तीहरुलाई सम्मान गर्नुका साथै बिभिन्न विधाका कलाकारहरुबाट साँस्कृतिक प्रस्तुतीहरु समेत राखिएको थियो । कार्यक्रममा शुभकामना दिने अधिकाशं अतिथी ब्यक्ताहरुले आम सुनुवार बिद्यार्थीहरुको हकहित र सुनुवार जातिको अधिकार प्राप्तीको लागी बिद्याथी समाज दृढताका साथ लाग्नु पर्ने बताएका छन ।

