नेपाल चलचित्र कलाकार संघ मार्फत काभ्रेको गुर्जो बितरण अभियान समूहले नेपाली चलचित्रकर्मीहरु लाई निशुल्क गुर्जो बितरण गरेको छ । चाबहिल स्थित ॐ समाज डेन्टल हस्पिटलको सभाहलमा मंगलबार एक कार्यक्रमको आयोजना गरि उत्त जडिबुटी बितरण गरिएको हो ।
बिश्वमा कोरोना संक्रमणको जोखिम बढ्दै गैइरहेको अबस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउन नेपालको जङ्गलमा पाइने महत्वपूर्ण जडिबुटी गुर्जोको प्रयोग हुँदै आईरहेको छ । बहुउपयोगी जडिबुटी गुर्जोको बजारमा अहिले अत्यधिक माग रहेको छ ।
बितरण अभियान समुहका संयोजक मुत्ती बिष्टले यो कोरोना भाईरस महामारीको समयमा विभिन्न स्थान बाट संकलन गरि विभिन्न संघ संस्था ब्यत्तिलाई बितरण गर्दै आईरहेको बताए । नियमित गुर्जो सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै स्वास्थलाई धेरै राम्रो गर्ने पनि बताए ।
नेपाली चलचित्रसँग सम्बन्धित विभिन्न संघ संस्था लगाएत कलाकारहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले यो विषम परिस्थितिमा पनि नेपाली चलचित्रक्षेत्रका कलाकर्मीलाई सम्झेर साथ र सहयोग गरिदिएकोमा धन्यवाद ब्यत्त गरेका थिए ।

