लुम्बिनी प्रदेशको प्रदेश सभामा निर्वाचित जनता समाजवादी पार्टी(जसपा)का चार सांसद निस्कासित भएका छन्। निस्कासित हुनेहरूमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे रहेका छन्।
गत बैशाख ६ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टा मै जनता समाजवादी पार्टीका ति सांसदहरू एकाएक मन्त्री बनेपछि उनीहरूलाई पार्टीले कारबाहि गरेको हो।
बैशाख ७ गते २४ घण्टे स्पष्टिकर पाएका सांसदहरूलाई संसदीय दलको बैठकको निर्णय उल्लंघन गरेको आरोप लगाउँदै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ को उपदफा १ (क) र २ बमोजिम पार्टीको ह्विप उल्लंघन किन गरेको विषयमा स्पष्टीकरण सोधेको थियो।
पार्टी कारबाहिमा परेका संस्दहरूको प्रदेशसभाको पद सहित पार्टीको सदस्य पनि नरहने गरी कारबाहि गरिएको प्रदेशसभा सचिवालयले सूचना मार्फत जानकारी गराएको छ।

