रामेछाप। रामेछाप जिल्लास्थित उमाकुण्ड गाउँपालिकाको आयोजनामा २ दिने आँखा शिविर सम्पन्न भएको छ। गाउँपालिकाको वडा नं ४ मा सबै स्थानीयलाई पायक पर्ने गरी आँखा शिविर कार्यक्रम सञ्चालन गरिएको थियो।

 गाउँपालिकाले आ.व.०७७।०७८ काे वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत लक्षित समूहकाे जनजाती, जेष्ठ नागरिक लक्षित कार्यक्रमबाट उमाकुण्ड गाउँपालिका वडा नं ४ मा आँखा शिविर सम्पन्न भएकाे जनाएको छ ।

दुई दिने आँखा शिविरमा उमाकुण्ड गाउँपालिकाको वडा नं ४ र ५ मा बैशाख १५ र १६ गते गरि २ दिन सम्म संचालन भएकाे थियो । शिविरमा २२४ जना महिला र १४७ जना पुरूष गरी कूल ३७१ जनाले आँखा परिक्षण गराई लाभान्वित भएको वडा नं. ४ का वडाध्यक्ष मान बहादुर सुनुवारले बताएका छन् । आँखा परिक्षणबाट चश्मा आवश्यक पर्ने १२५ जनालाई वडाकाे तर्फबाट चश्मा वितरण गरिएकाे र अन्य आँखाको बिरामीहरूलाई औषधी वितरण गरिएकाे पनि अध्यक्ष सुनुवारले जानकारी दिनुभएकाे छ।