काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले सरकारसँग राखेको माग पुरा गर्न सरकार तयार भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जसपाले राखेको माग पूरा गर्न सरकार तयार भएको हो।
बुधबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गरूङले जनता समाजवादी पार्टी (जसपा) ले विभिन्न समयमा १५ मुद्दामा १ सय २० जना व्यक्तिको मुद्दा फिर्ता लिन माग गरेको र उक्त माग पुरा गर्न सरकार तयार रहेको बताएका छन्। सरकारले महान्याधिवक्ताको कार्यालयको राय लिएर मन्त्रिपरिषद्को बैठक मार्फत उक्त मुद्दा फिर्ता लिँदै माग पुरा गर्न सरकार भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन्।

