सिन्धुली। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रिपरिषद्को राज्यमन्त्रीमा नेकपा एमाले सिन्धुलीका अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य प्रदीप कटुवा राज्यमन्त्री बनेका छन्।

बागमती प्रदेको पुनर्गठीत मन्त्रिपरिषदमा ११ सदस्यीय मन्त्रिपरिषद् गठन गठन भएको र जसमा ९ जना मन्त्रीहरू नयाँ रहेका छन्। मूख्यमन्त्री कार्यालय स्रोतका अनुसार रामेश्वर फूयाँलबाहेक सबै नयाँ मन्त्री नियुक्त भएका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्को नयाँ मन्त्रीहरुमा प्रमुख सचेतक केशवराज पाण्डे, सुरेश नेपाल, चन्द्र लामा र सरस्वती बस्नेत रहेका छन्। त्यसै, राज्यमन्त्रीमा प्रदीप कटुवाल, डा. रामकुमार अधिकारी र, जुनेली श्रेष्ठ रहेका छन्।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार आज दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइ समक्ष नविनयुक्त मन्त्रीहरूको सपथ ग्रहण लिने भएका छन्।