नेपालको सातै प्रदेशका आदिवासी युवाहरूको सक्रिय सहभागितामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा “जलवायु न्याय, नीतिगत वकालत र दिगो जीविकोपार्जनका लागि नेतृत्व तथा क्षमता विकास” विषयक राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । डीजीएम नेपाल परियोजना अन्तर्गत आयोजित उक्त सम्मेलन आदिवासी युवाहरूको जलवायु नेतृत्व सशक्त बनाउने उद्देश्यका साथ आयोजना गरिएको थियो ।

नेपाल आदिवासी जनजाति  युवा महासंघका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा सम्पन्न सम्मेलन कार्यक्रममा डिजिएम नेपाल राष्ट्रिय संचालक समितिका सदस्य अमृत बहादुर सुनुवारले डिजिएम परियोजनाको महत्व, आदिवासी र स्थानीय समुदायमा यसको आवश्यकता, जलवायु परिवर्तन न्यूनीकरणका लागि यसले खेल्न सक्ने भुमिका, र युवाहरुले यसबाट लिन सक्ने लाभको बारेमा बताएका थिए । त्यसैगरि नेपालमा यस परियोजना परिचालनको स्थिति र यस डिजिएम नेपालले  के कस्तो कार्यक्रम गर्छ  । यसबाट को को लाभान्वित हुन्छन भन्ने बिषयमा डिजिएम नेपालकी कार्यक्रम अधिकृत साधाना लिम्बुले बताएकी थिइन । नेपालको जैविक विविधता बिज्ञ कमल साङ्पाङ राई र साँस्कृतिक संस्थानका पुर्व महाप्रबन्धक राजेश थापाले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा देश भरिका जिल्ला, प्रदेश, केन्द्रबाट आएका आदिवासी जनजाति युवा प्रतिनिधिहरू, आदिवासी जनजाति जन्य संघ संस्थाका प्रतिनिधि , विभिन्न स्थानीय संघ संस्थाका प्रतिनिधि, सरकारी निकाय, सञ्चारकर्मी, विज्ञ तथा विकास साझेदारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्मेलनका प्रमुख अंशहरूमा जलवायु न्याय, नीतिगत वकालत तथा दिगो विकासबारे अन्तरक्रिया, अन्तर-प्रदेशीय युवा संवाद, र “आदिवासी युवा जलवायु न्याय घोषणापत्र” को सार्वजनिक विमोचन समावेश थिए। घोषणापत्रमा सातै प्रदेशका युवा प्रतिनिधिहरूका सिफारिसहरू र दीर्घकालीन रणनीतिहरू समेटिएका छन्, जसले आदिवासी युवाहरूको जलवायु तथा विकास सम्बन्धी नीति निर्माण प्रक्रियामा समावेशी सहभागिता सुनिश्चित गर्न मार्गदर्शन प्रदान गर्नेछ।

कार्यक्रमले आदिवासी युवाहरूको जलवायु नेतृत्व, नीति निर्माणमा सहभागिता र दीगो विकासमा योगदानको आवश्यकता उजागर गर्दै नयाँ सोच र दिशा प्रस्तुत गरेको छ।

कार्यक्रमका केहि तस्बिरहरु: