काठमाडौं। सरकारले राष्ट्रिय सभाको रिक्त सदस्यको पदका लागि जेठ ६ गते निर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले गत बैशाख ६ गरेको निर्णयअनुसार निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको पदपूर्तिका लागि उप निर्वाचन गर्ने भएको हो।

बागमती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रिय सभामा एक सदस्या पद रिक्त रहेको छ। नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल आफ्नो पार्टी छोडेर एमाले प्रवेश गरेपछि उनलाई पार्टीले पदमुक्त गरेको थियो।

निर्वाचन आयोगका अनुसार उपचुनाव घोषणा गरेर आयोगले बैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय उपलब्ध गराएको छ। उपनिर्वाचन थालेको आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन सबैसँग सबैसँग अनुरोध गरेको छ।