काठमाडौं। जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिएका आफ्ना पार्टीबाट प्रदेश सांसद् बनेका चार जना नेतालाई निलम्बन गरेको छ।

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक कुमार यादबले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ।

जसपाले विज्ञप्ति मार्फत सपथ लिएका नेताहरूलाई राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद् पदसमेत नरहने गरी कारबाही गर्ने चेतावनी दिएका छन्। जसपाका ति नेताहरूले सोमबार लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसद्ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

अविश्वासको प्रस्ताव दर्ता गरे लगतै जसपाका ति चार जना नेताहरू मन्त्री पदमा नियुक्त भएका थिए।

जनता समाजवादी पार्टी, नेपालको विज्ञप्ति: