अखिल नेपाल राष्ट्रिय स्वतन्त विद्यार्थी युनियन (अनेरास्ववियू) को विस्तारित क्याम्पस भेला सिन्धुलीमा सम्पन्न भएको छ। शनिबार सिन्धुली बहुमुखी क्याम्पसको आयोजनामा भेला सम्पन्न भएको हो।

अनेरास्ववियू केन्द्रीय स्थायी कमिटी सदस्य टिकाजंग थापाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भेलाले लोकेन्द्र बोगटीको संयोजक्तवमा ६५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ।

विस्तारित भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी थापाले विद्यार्थी हकहितको लागि सदैव लडेको विद्यार्थी संगठन नेपालको पहिलो र सबैभन्दा ठूलो संगठन अनेरास्ववियू भएको र संगठनमा सबै विद्यार्थीहरू आवद्ध हुन अपिल गरेका छन्। कार्यक्रममा बोल्दै थापाले कृष्ण मोक्तानको अध्यक्षतामा रहेको अनेरास्ववियु नै आधिकारिक भएकाले संगठनमा आवद्ध विद्यार्थीहरू भ्रममा नपर्न सुझाएका छन् ।

कार्यक्रमका विशिष्ट अतिथी नेकपा एमालेका सिन्धुली जिल्ला सहसचिव महेन्द्रदेव श्रेष्ठले हरेक विद्यार्थीको समस्या उठन गर्ने संगठन अनेरास्ववियु भएकाले सम्पूर्ण विद्यार्थी साथीहरूले आफ्ना समस्याहरू उठन गर्नुपर्ने सिन्धुली बहुक्याम्पसलाई अनेरास्ववियुमय बनाउन अपिल गरेका छन् भने क्याम्पसको अध्ययनको क्षेत्रलाई फराकिलो बनाउनु पर्नेमा जोड दिएका छन्।

समानान्तर कमिटी गठन गर्दै हिँड्नेलाई कारबाही हुने

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियूका जिल्ला अध्यक्ष कृष्ण मोक्तानले जिल्लामा अनेरास्ववियूको झण्डाको दुरुपयोग गर्दै अराजक समूहले समानान्तर कमिटी गठनगर्दै हिँडेकाले त्यस्ता अराजक गतिविधि गर्ने समूहलाई तुरुन्त कारबाहीको घोषणा गर्ने बताएका छन् ।

विस्तारित भेलामा अनेरास्ववियूका केन्द्रीय स्थायी कमिटी सदस्य टिकाजंग थापा, नेकपा एमाले सिन्धुलीका हससचिव महेन्द्रदेव श्रेष्ठ, अनेरास्ववियु केन्द्रीय सदस्य गोकर्ण भुजेल, केन्द्रीय सदस्य उज्जवल न्यौपाने, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण मोक्तान लगायत अनेरास्ववियु सिन्धुली जिल्ला किमिटिका पदाधिकारीहरू, अनेरास्ववियू नगर कमिटीका पदाधिकारीहरू, राष्ट्रिय युवा संघ सिन्धुलीका पदाधिकारीहरूलगायत विद्यार्थीहरूको  उल्लेखनिय उपस्थिति रहेको थियो