काठमाडौं उपत्यका कोरोनाको हटस्पोट बनेको छ ।  स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा राजधानीमा ६ सय ४७ जना कोरोना संक्रमित पहिचान भएको छ  ।

गत साउनमा लकडाउन खुलेसँगै सङ्क्रम बढ्दै गएको राजधानीमा दैनिक ७/८ सयका दरले कोरोना सङ्क्रमितहरुको पहिचान हुने गरेको स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाएको छ । आज पहिचान भएका सङ्क्रिमतहरु मध्ये काठमाडौंका ५ सय ११, ललितपुरका ७३ र भक्तपुरमा ६३ जना रहेका छन् ।