नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५६ जनामा कोरोना संक्रमितको पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले नियमित प्रेस सम्मेलन मार्फत ११ हजार १ सय ५४ जनामा गरिएको आरटी पिसिआरमा उक्त सङ्क्रमित फेल परेको जनाएको हो ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३ सय ५६ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । उनका अनुसार हालसम्म नेपालमा सङ्क्रमितको संख्या ६६ हजार ६३२ पुगेको जनाएका छन् ।
जसमध्ये पछिल्लो २४ घन्टामा ८ जना २३ जना कोरोना संक्रमणबाट मुक्त भइ घर फर्केका छन् । यो सँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

