सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज बसेको छ । नेपाल पत्रकार महासंघ सिन्धुलीका नवनिर्वाचित अध्यक्ष कृष्णहरि घिमिरेको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा विभिन्न विषयमा छलफल गरिएको छ । बैठकमा स्थानिय सरकार र सञ्चारगृह र सञ्चारकर्मीको अवस्थाको सर्वेक्षण अध्ययन समिति गठन गरिएको छ । समितिले जिल्लाका सञ्चारगृह र स्तानीयतहबीच समन्वयात्मक सम्बन्ध स्थापित गराउन भुमिका खेल्ने छ।
शाखाका सचिव पुस्कर थापाको संयोजकत्वमा नेपाल प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारिको प्रतिनिधि सदस्य रहनेगरी कोषाध्यक्ष अनिल भण्डारीलाई व्यवस्थापनमा समितिलाई जिम्मेवारी दिइएको छ । त्यस्तै बैठकमा कार्यसमितिका सचिव विदुर पौडेल र कोषाध्यक्ष लक्ष्मण घिमिरेबाट संस्थामा रहेका जिन्सी सामानको विवरण र आयव्य निर्वाचित सचिव र कोषाध्यक्षलाई हस्तान्तरण गरिएको छ । साथै कार्यलयको व्यवस्थापनलगायत अन्य विषयमा पनि छलफल भएको छ ।
