सिन्धुली । तीनपाटनमा कम्युनिस्ट पार्टी परित्यागको लहर नेपाली कांग्रेसका क्षत्रीय सभापति तथा तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापा मगरले कम्युनिष्टले विकासमा विभेद गरेको आरोप लगाएका छन् ।

नेपाली काङग्रेसका तीनपाटनका पार्टी सभापति सोम प्रसाद घिमिरेको सभापतित्वमा नेपाली कांग्रेस तीनपाटन गाउँपालिकाले आज पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो । गाउँपालिकाको वडा नम्बर ११ को हलिडाँडामा गरिएको कार्यक्रममा सुब्बा राउत र रमेश श्रेष्ठको नेतृत्वमा २३ जना नेकपा एमाले र माओवादी केन्द्र पार्टीका नेता-कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा अध्यक्ष थापाले कम्युनिष्टले विकासमा विभेद गरेर समुदायमा विभाजनको रेखा कोरेको बताउनु भएको छ । कम्युनिस्टले आफ्ना कार्यकर्ता, आफन्त र आसेपासे केन्द्रित विकास योजना बनाएर पुँजीवादको विकास गरेको उहाँले बताउनु भयो । जनताले बहुमतमा पुर्‍याएका कम्युनिष्टले सुशासन, समृद्धि, शान्ती र स्थिरताको गफ दिएर सत्ताको लुछाचुँडीमा लागेर आफ्नै वस्त्र खोलेको उहाँले आरोप लगााउनु भयो ।

त्यस्तै आफुले नेतृत्व गरेको तीनपाटन सरकारले किसान, युवा, महिला, दलित, जनजाति र पिछडिएका समुदायको उत्थानको लागि उत्पादनमा जोडेर उद्यमी बनाउने कार्यक्रम बनाउन सक्रिय रहेको र तीनपाटनको हरेक नागरिकको जिवनस्तर उकास्नु र हरेक तीनपाटनबासीलाई ऋणमुक्त गराएर आत्मनिर्भर नागरिक बनाउनु नै आफ्नो सपना रहेको उहाँले बताउनु भएको छ । कार्यक्रमका अतिथि नानीराम कार्कीले कम्युनिष्टलाई छाल बेच्ने ठगको संज्ञा दिएका छन् ।

कम्युनिस्ट नेपालमा ठगको ठेगदार रहेको र कम्युनिस्टबाट जनताले ठगिनु बाहेक अर्को उपलब्धि हासिल गर्न नसकेको बताएका छन् । त्यसैगरी नेपाली कांग्रेसका गाउँपालिका सभापती सोमप्रसाद घिमिरेले सबैलाई मन्तव्यमार्फत कांग्रेस परिवारका सदस्य भएका सबै नवप्रवेशी साथीहरुलाई स्वागत गर्दै पालिकाको चौतर्फी सांगठनिक गतिविधिमा उर्जासहित सहभागी हुन आग्रह गर्दै आगामी स्थानीय निर्वाचनमा तीनपाटन गाउँपालिकामा नेपाली कांग्रेस दुईतिहाईले विजय हुनेसमेत बताएका थिए ।