खुर्कोट। विपि राजमार्गमा हुने सवारी दुर्घटना तथा विपद्लाई मध्यनजर गर्दै सिन्धुलीको खुर्कोटमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश स्थापना गरिएको छ । बिहीबार प्रतिनिधि सभा सदस्य मा. राजन दाहाले विपद् व्यवस्थापन वेश उद्घाटन गर्नु भएको हो ।
बर्दिबास-सिन्धुली-धुलिखेल-काठमाडौंसम्म करिब २ सय कि.मी. विपि राजमार्गको करिब मध्य खण्डमा पर्ने गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोटमा राजमार्गमा हुने विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश स्थापना गरिएको हो । उक्त वेशले राजमार्गलगायत अन्य विपद्हरूमा समेत सहजि करण गर्ने छ।

