सिन्धुली। सिन्धुली जिल्ला कमलामाइ नगरपालिका वडा नं. ३ का व्यवसायी बेनिबहादुर कार्की राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय सदस्यमा नियुक्त भएका छन्। शिव बहादुर कार्की फाउण्डेसनका अध्यक्ष एवं डिडि हुमन रिसोर्स प्रालिका सञ्चालक समेत रहेका कार्की राष्ट्रिय युवा संघको सचिवालय सदस्यमा नियुक्त भएका हुन्।
नेकपाका केन्द्रीय सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख अतिथ्यता र संघको सहसंयोजक रमेशकुमार पौडेलको अध्यक्षतामा राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठक गत माघ २५ र २६ गते सम्पन्न भएको थियो। उक्त बैठकले बचन बहादुर सिंहको तृत्वमा नयाँ चयन कमिटी पुनर्गठन गरेको थियो। नवनिर्वाचित केन्द्रीय कमिटीको फागुन ११ र १२ गते प्रथम पूर्ण बैठक बसी विभिन्न निर्णय गरेको छ। सोही कमिटीले कार्कीलाई सचिवालय सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो। सचिवालय सदस्यमा नियुक्त कार्की सफल व्यवसायीको रुपमा चिनिँदै आएका छन्।

