सिर्जना रसाइली, रामेछाप। रामेछापकाे गाेकुलगंगा गाउँपालिका वडा नं.-१ चुचुरे गर्जाङमा नेपालकै ठूलो राष्ट्रिय झण्डा उत्ताेलन गरिएकाे छ ।
गाेकुलगंगा गाउँपालिका वडा नं १ चुचुरे गर्जाङ्गकाे रमितेमा शुक्रबार बुद्वजयन्तीकाे अवसरमा गर्जाङ्ग खिम्ति समाज सेवा समुहकाे आयाेजनामा एक कार्यक्रम गरी नेपालकै ठूलो ४५ फिट लम्बाई र २५ फिट चाैडाईकाे राष्ट्रिय झण्डा उत्ताेलन गरिएकाे हाे । झण्डाकाे उद्घाटन गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले गर्नुभएकाे हाे ।
संस्थाकाे कार्यसमिति र केही बुद्धिजीवी व्यक्तिहरुकाे सहयाेग र पहलमा झण्डा स्थापना गरिएकाे उक्त क्लबकाे महासचिव अनुज खड्काले जानकारी दिनुभयाे । झण्डा उत्ताेलन कार्यक्रममा गाउँपालिका अध्यक्ष काजी बहहादुर खड्का, वडा सदस्यहरु , विभिन् विधालयका प्रधानाध्यापक शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, वुद्विजीवि लगायत स्थानिय व्यत्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै संस्थाका अध्यक्ष श्याम कार्कीले यस क्षेत्र एक ऐतिहासिक क्षेत्र भएकाले त्यसकाे संरक्षण साथै आन्तरिक र बाह्य प्रर्यटक प्रर्बधन गर्ने उदेश्यले झण्डा राखिएकाे बताउनुभयाे । रामेछापकाे सिमानामा पर्ने पाँचपाेखरी, जट्टापाेखरी लगायत प्राकृतिक, सास्कृतिक, भाैतिक, मठमन्दिरकाे प्रचार प्रसार गर्न झण्डा राखिएकाे भन्दै उहाँले गाेकुलगंगा मात्र नभई रामेछापलाई नै चिनाउने आशय व्यक्त गर्नुभयाे ।

