काठमाडौं। सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। प्रतिबन्धित विप्लब समूहलाई वार्ता आउन पहल गरेको सरकारले आज(मंगलबार) गृहमन्त्री रामबहादुर थापा (बादल) को नेतृत्वमा समिति गठन गरी प्रतिबन्ध फुकुवा गर्ने तयारी रहेको जनाएको हो।

वार्ता समिति गठन भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वार्तामा बोलाएर छलफल गर्ने र प्रतिबन्ध फुकुवा गर्ने बताएका छन्। प्रतिबन्ध फुकुवा भएपछि विप्लब समूह शान्ति प्रक्रियामा बउनेसमेत विश्वास व्यक्त गरेका छन्।

सरकारले गत २०७५  फागुन २८ गतेदेखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो।