समाजबादी पार्टी रामेछाप जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) को काठमाडौं सम्पर्क समिति गठन भएको छ । शुक्रबार गौरिशंकर पार्टी प्लालेस कोटेश्वर, काठमाडौं स्थित सम्पन्न कार्यक्रममा कमल सुनुवारको अध्यक्षतामा १७ सदस्सीय सम्पर्क समिति गठन भएको हो ।
राम बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य सिंह बहादुर योन्जन, रबिन्द्र थिङ, संघिय परिषद सदस्य अमृत बहादुर सुनुवार, मन प्रसाद सुनुवार, लोक बहादुर श्रेष्ठ, डिना लामा बागमती प्रदेश सदस्य मेघराज तामाङ, समाजबादी शेर्पा संघका केन्द्रिय अध्यक्ष छिरिङ शेर्पा लगाएतका नेताहरुले बधाई एबम् शुभकामना मन्तब्य राखेका थिए ।

जनता समाजबादी पार्टी गैह्रभौगोलिक बिशेष प्रदेश अन्तरगत बागमती प्रदेश सम्पर्क समिति अध्यक्ष मिन बहादुर तामाङले नव गठित समितिको नामावली वाचन गरेका थिए । जसमा अध्यक्ष कमल सुनुवार, उपाध्यक्ष क्रमशः राम कुमार पौडेल, सरु खड्का, विष्णु माया तामाङ, सचिब राजु काफ्ले, सह–सचिव प्रकाश सुनुवार, कोषाध्यक्ष कर्ण बहादुर तामाङ, सदस्यहरु क्रमशः फत्त बहादुर सुनुवार, दिपक लाखे, युवराज सुनुवार, उत्तम आले मगर, प्रेमचन्द्र सुनुवार, बिर बहादुर सुनुवार, मङ्गल तामाङ, कुमार सुनवार, काजीमान थापा रहेका छन ।
कार्यक्रममा जनता समाजबादी पार्टीको बिभिन्न तह एबम् संगठनमा रहेका रामेछापको नेता कार्यकताहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रमलाई बिरेन्द्र श्रेष्ठले संचालन गरेका थिए ।

