काठमाडौं। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड उपचाररत पर्वत जिल्ला सभापति खिमप्रसाद भुषालाई भेट्न ह्याम्स अस्पताल पुगेका छन्। नेता खाँड जिल्ला सभापति भुषालको स्वास्थ्यस्थिति बुझ्न त्यहाँ पुगेका हुन्।
लामो समयदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पर्वत जिल्ला सभापति भुषालको स्वास्थ्य बुझ्न बिहीबार अस्पताल पुगेका नेता खाँडले उनको स्वास्थ्यका विषयमा अस्पतालमा रहेका चिकित्सकहरूसँग पनि स्वास्थ्य अवस्था बुझेका छन्। साथै, नेता खाँडले जिल्ला सभापति भुषाललाई सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।
खाँडसँगै नेपाल तरुण दल केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङ, प्रदेश सभा उम्मेद्वार राजेन्द्र तिवारीलगायत अस्पताल पुगेका थिए।

