काठमाडौं। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नैतिकताको आधारमा उनले राजिनामा दिनुपर्ने सर्वत्र माग उठिरहेका बेला ओलीले भने तत्काल राजिनामा नदिने संकेत गरेका छन्।
बुधबार कृषि मन्त्रालयको आयोजनामा माटोको डिजिटल नक्सा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूले तत्काल राजिनामा नदिने संकेत गरका छन्। उद्घाटन कार्यक्रममा बोल्दै उनले भनेका छन् 'हामी हाम्रो कर्तव्यमा जुट्छौं र देश बनाउँछौं। यो संकल्प निरन्तर अगाडि बढ्छ। अहिले धेरै कुरा भनेर मान्छे फेरि तर्साउने कुरा गर्नु पनि ठिक छैन,’ ओलीले भने,‘अहिले यो सरकार छ। सरकार रहन्छ। विकासको क्रम अघि बढिराख्या छ। तपाईंहरू विकासको मार्गमा निश्चिन्त, निस्फिक्री ढंगले अगाडि बढ्नुस्।’
त्यस्तै उनले 'अप्ठेरो परिस्थिति होस्, सुख होस् दु:ख होस् सम्पत्ति होस् नहोस् तर पनि एक समान रहनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने,‘उदाउँदाको खुसीमा पनि सूर्य रातै भएर उदाउँछ, अस्ताउनु पर्दाको दु:खमा पनि रातै भएर मुस्कुराएर अस्ताउँछ।’ भनेका छन्।

