काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय बदर गरिदिएसँगै नेकपाको नेपाल-दाहाल समूहले देशैभर खुसियाली सभामा गर्ने भएको छ। यो समूहले आयोजना गर्न लागेको चौथो चरणको विरोध सभालाई खुशियाली सभामा परिणत गर्ने निर्णय समेत गरेको छ।
नेपाल-दाहाल समूहले विरोध प्रदर्शनको स्वरुप परिवर्तन गरी आज देशैभर खुसियाली मनाउन लागेको हो। संसद पुनर्स्थापनाको खुसियाली मनाउन मध्यान्ह १२ बजे नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा भेला हुन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिईसकेको छ। नेकपाका दुई अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि उक्त कार्यक्रममा उपस्थित हुने छन्।
युवा संघका सहसंयोजक दीपशिखाले सर्वोच्चले संसद पुन:स्थापना गर्ने फैसलाले जनताको जीत भएको छ, जनता विजय भएको खुसियालीमा शान्तिवाटीकामा कार्यक्रम गर्ने जनाएका छन्।

