प्रदेश नं. १ को मुख्यमन्त्री शेरधनराईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। आईतबार बसेको प्रदेश सभाको बैठकबीच अविश्वासको प्रस्ताव दर्ता गरिएको हो। 

प्रदेश नं. १ को प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दाहाल-नेपाल समुहले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सांसद ईन्द्र आङ्बोले सदनमा पेस गरेका छन्। प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको अनुमतिमा आङ्वोले अविश्वासको प्रस्ताव पेश गरेका हुन्।

अविश्वासको प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित गरेका छन्।