काठमाडौं। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीले संसद् विघटन गरे पश्चात यस विषयमा सर्वोच्च अदालतमा परेरको रिट उपर सुनुवाई भईरहेको छ। पक्षविपक्षको बहस आज सकिएपछि अब संसद विघटनको मुद्दामा भोली मंगलबारदेखि अदालतको सहयोगी (एमिकस क्युरी) को बहस सुरु हुने भएकोछ।
संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना गरी जम्मा ५ जनासँग एमिकस क्युरी माग गरेको थियो। जसमा नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक एमिकस क्युरीको रुपमा चयन भएका छन्। उनीहरुले कुनै पक्ष विपक्षमा नरही अदालतलाई राय दिनेछन् । एमिकस क्युरीको रायपछि फैसला आउनेछ ।
के हो एमिकस क्यूरी?
सर्वोच्च अदालको संवैधानिक इजलाससम्बन्धी नियमावलीका अनुसार सर्वोच्चले कुनै पनि कानून व्यवसायी वा विषय विज्ञलाई इजलासमा बोलाउनु र सुझाब ग्रहण गर्नुलाई एमिकस क्यूरी भनिन्छ। संवैधानिक इजलाससम्बन्धी नियमावलीको परिच्छेद ५ मा एमिमकस क्यूरी सम्बन्धी व्यवस्था छ । परिच्छेद ५ को उपनियम १ मा भनिएको छ, ‘आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भिरतालाई विचार गरीकुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानूनको प्राध्यापक, कानून व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पु¥याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमिकस क्युरी) को रूपमा झिकाई निजको राय लिन सक्नेछ ।’ व्यक्तिले इजलासमा उपस्थित भइ सम्बन्धित विषयमा आफ्नो तटस्थ राय प्रस्तुत गर्नुपर्ने नियमावीको उपनियम २ मा उल्लेख छ।

