काठमाडौं। मन्त्रिपरिषद्को बैठकले आगामी बैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ। प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनमा जाने निर्यण गरेको थियो।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

