प्रचण्ड–माधब समुहको नेकपा कार्यकर्ताले सडकमै खाना खाएका छन । बिहिबार बिहानै देखी कोटेश्वर स्थित आमहड्तालमा उत्रिएका नेकपा कार्यकर्ताले सडकमै खाना पकाएर खाएका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधी सभा बिघटन बिरुद्ध असंवैधानिक कदम भन्दै बिभिन्न चरणमा आन्दोलन गर्दै आइरहेको प्रचण्ड–माधब समूहले बुधबार संसदीय सुनुवाइ बिनानै बिभिन्न संवैधानिक निकायका पदाधिकारीहरूको सपथ गराएपछि बिहिबार हड्ताल आयोजना गरेको हो ।

उक्त समूहको आमहड्तालले राजधानी काठमाडौं सहित देशैभरिका नागरिकहरुको जनजिवनमा प्रत्यक्ष प्रभाव परेको छ ।.राजधानीमा लगाएत देशका बिभिन्न शहरहरुमा सार्वजनिक र निजी गाडीहरु फाट्टफुट्टमात्र चलेका छन् ।
बिहानै देखी सडकमा निस्किएका बन्दकर्ताहरुले दर्जनौं सवारी साधनहरु माथी तोडफोड गरेका छन । आमहड्तालमा उत्रिका सयौं नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार समेत गरेको छ । आमहड्तालका कारण प्रमुख सडकका पसलहरु प्राय बन्द छन भने भित्री सडक आसपासका पसलहरु भने प्राय खुलेका छन् ।

