फिक्कल गाउँपालिका सिन्धुलीमा महिलाहरूको स्त्री रोग सम्बन्धी महिला स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। गाउँपालिका र मेरीस्टोप सेन्टरको सहकार्यमा फिक्कल गाउँपालिकाको विभिन्न तीन स्थानमा स्त्री रोग सम्बन्धी शिविर सम्पन्न भएको हो।
गाउँपालिकाको वडा नं. १ को स्वास्थ्य चौकी महादेवडाँडा, वडा नं. २ सुमनाम पोखरी स्वास्थ्य चौकी र गाउँपालिकास्थित स्वाथ्य ईकाइ गरी तीन स्थानमा शिविर कार्यक्रम सम्पन्न भएको गाउँपलिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताउनु भएको छ। माघ १४ गते वडा नं. १ स्वास्थ्य चौकी महादेवडाँडा, १५ गते वडा नं. २ स्थित स्वास्थ्य चौकी सुम्नाम पोखरी र १६ गते गाउँपालिका केन्द्र स्वाथ्य ईकाइमा शिविर सम्पन्न भएको र शिविरबाट करिब ४ सय स्थानीय महिलाहरू लाभावन्वित भएको उपाध्य सुनुवारले जनाउनु भयो ।
आधारभूत स्वास्थय सम्बन्धी चालु आ.व.मा संघीय सरकारले स्थानीय तहमा आयुर्वेदिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने नीति अनुरुप फिक्कल गाउँपालिकाको सामूदायिक स्वास्थ्य केन्द्रसँग गाउँपालिका स्तरीय नागरिक आरोग्य केन्द्र उद्घाटन भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पहल र प्रदेश सरकारको आर्थिक सहयोगमा एकजना वैध्य कर्मचारी रहने गरी आरोग्य केन्द्र स्थापना भएको छ ।
त्यस्तै फिक्कल गाउँपालिकाको आयोजनामा मेलमिलाप कर्ताहरूलाई दुई दिने पुनर्ताजगी तालिम कार्यक्रम सुरु भएको छ। मेलमिलापकर्ता समाज सिन्धुलीका अध्यक्ष र मेलमिलाप समाजका सचिव बविन्द्रलाल माझीले सहजी करण गर्नुहुने भएको छ, भने गाउँपालिकाका सक्रिय मेलमिलापकर्ताहरु गाउँपालिका स्तरीय मेलमिलाप केन्द्रका संयोजक तथा पदाधिकारीहरू, गाउँपालिकाको न्यायिक समितिमा खटिएका कर्मचारीहरू, पदाधिकारीहरू र प्रहरी कार्यालयका पदाधिकारीहरूसमेतको सहभागिता रहने उपाध्यक्ष सुनुवारले जानकारी गराउनु भएको छ ।
