काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व लडाकूहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार एक कार्यक्रमबीच नेकपा अध्यक्ष समेत रहेका ओलीले माओवादी जनयुद्धका पूर्व लडाकुहरूसँग छलफल गरेका हुन्।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूले दिएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताएका छन्। अध्यक्ष ओलीले नेतृत्वहरूले पूर्व जनमुक्ति सेनाका भावना अनुसार काम नगरेको र आफूले राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने बताएका छन्।
छलफलमा बोल्दै प्रधामन्त्री ओलीले भनेका छन्, ‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौँ। विगतमा जस्तो धोका पाउनु हुने छैन ।’
प्रधानमन्त्री निवासको स्रोतका अनुसार ओलीलाई भेट्न तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र युद्धका लेनिन विष्ट लगाएतका कमाण्डरहरू बालुवाटारमा भएको छलफलमा सहभागि हुन पुगेका थिए ।

