रामेछाप। रामेछापको गोकुलगंगा गाउँपालिकाले माघ ५ गते १५ सैयाको अस्पताल उद्घाटन गरेको छ । हेल्पिङ् ह्याण्डस फाउण्डेसन, च्वाइस नेपाल र गाउँपालिकाको सहकार्यमा करिब ५ करोड लागतमा अस्पताल निर्माण सम्पन्न भई सेवा सुचारु भएको हो ।
अस्पताल समुद्घाटनको क्रममा गाउँपालिकाका स्थानीयहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । अस्पतालले अब रेडियोलोजी, ल्याब, फार्मेसी, दाँत, आँखा, प्रसुति सेवा, भिडियो एक्सरे जस्ता सेवाहरू नियमित रुपमा गाउँपालिकाबाटै दिने भएको छ ।
बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलद्धारा सिलान्यास भएको अस्पताल निर्धारित समयमै सम्पन्न भएपनि विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण उद्घाटन गरी सेवा सुचारू गर्न ढिलाई भएको गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले बताउनु भयो । अध्यक्ष सुनुवारल एक गाउँपालिका एक अस्पताल भन्ने अवधारणा अनुरुप आफूले गाउँपालिकाबासीको स्वास्थ्य अवस्थालाई धन्या दिँदै अस्पताल निर्माणको कदम चालेको बताउनु भयो । अन्य गाउँपालिकाहरूमा अस्पताल सिलान्यास हुँदैगर्दा आफ्नो गाउँपालिकामा उद्घाटन गरी सेवा सुचारू गर्न पाएकोमा हेल्पिङ् ह्याण्डस् फाउण्डेसन च्वाइस नेपालको सहकार्यलाई धन्यवाद दिनु भयो ।
अध्यक्ष सुनुवारले अस्पताल उद्घाटनसम्म आइपुग्नु ठुलो चुनौतीको सामना गर्नु पनि पालिकाका स्थानीय जनता, अस्पताल निर्माण समिति लगायतको सबैले राम्रो भुमिका खेलेकाले समयमै निर्माण सम्पन्न गर्न सफल भएको बताउनु भयो । साथै उनले गोकुलगंगाको स्वास्थ्यमा पाएको ठुलो सफलता भन्दै अब गाउँपालिका समृद्धि तर्फको यात्रा तय गरेको बताउनु भयो ।
साथै, उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पालिकाभित्रै ठोसे जलायसय सहितको हाइड्रो सर्वेक्षण भएको बताउँदै सो योजना सफल भए गाउँपालिकाको वार्षिक ५० करोड आम्दानी थप्न सकिने परिकल्पना रहेको बताउनु भयो ।
उद्घाटन समारोहमा हेल्पिङ् ह्याण्डसका प्रतिनिध राजेश अधिकारीले अस्पतालको सही सदुपयोग गरी स्वस्थ जीवन यापन गर्दै निरन्तर सेाव प्रदान होस् आफू र आफ्नो संस्था त्यसैमा खुसी रहने र आगामी दिनहरुमा थप सहयोग गर्ने प्रतिवद्धा व्यक्त गर्नु भयो ।
त्यस्तै च्वाइस नेपालका निर्देशक प्रतिक शर्माले गोकुलगंगा गाउँपालिकाले एउटा आमाले सुन्दर बालक प्राप्त गरेको अवस्थामा खुसीले हर्ष विभोर भएको तुलना गर्नु भयो । निर्देशक शर्माले स्पताल निर्माणको सुरुदेखि उद्घाटन हुने अवस्थासम्म आइपुग्दा धेरै चुनौती सामना गर्नुपरे पनि खर्च विवरणमा स्पष्टता र पारदर्शीता भएकोमा आफु गर्भानुभुति भएको र सो कार्यका लागि निर्माण समिति र पालिका अध्यक्ष सुनुवार धन्यवादको पात्र भएको बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष राधिका नेवार श्रेष्ठले गोकुलगंगा अस्पताल निर्माण र त्यसका आर्थिक प्रतिवेदन उद्घाटन समारोहकाबीच सार्वजनिक गर्नु भयो ।
अस्पतालका केही तस्बीरहरु:
एक्सरे मेसिन
फारर्मेसी कक्ष
मिडिङ् रुम
प्रशासन कक्ष
ल्याब कक्ष
नर्सिङ् सेटेशन
अस्पताल प्राङ्गण

