सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फिक्कलले रामप्रसाद भण्डारीको अध्यक्षतामा गाउँपालिका स्तरीय बृहत् भेला तथा सपथग्रहण कार्यक्रम सम्पन्न गरेको छ । नेकपाका कन्द्रीय सदस्य शान्तिमान कार्कीको प्रमुख आतिथ्यतामा सोमबार बृहत कार्यक्रम गरी गाउँपालिका स्तरीय भेला सम्पन्न गरेको हो ।
बृहत भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य शान्तिमान कार्कीले फिक्कलमा उर्लिएको जनलहरले फेरी एकपटक सुर्य उदाएको सन्देश दिएको बताएका छन् ।नेकपा देशभर दुई ध्रुबमा विभाजन भइरहेको अवस्थामा फिक्कल गाउँपालिकाको सम्पूर्ण जनप्रतिनिधिहरु, पार्टी पंत्तिमा आवद्ध रहनु भएका नेता कार्यकर्ताहरु एकाकार भएर एउटै दिशामा लागिरहनुले एकताकै सन्देश दिएको र फेरी पनि सुर्य उदाउने सन्देश दिएको बताएका छन् । दुई ध्रुबमा देखिएका नेता तथा कार्यकर्ताले देशलाई समृद्धिको दिशामा लैजाने हो भने फिक्कल गाउँपालिकामा देखिएको नेकपाको अगुवा नेता तथा कार्यकर्ताबाट सिकेर अघि बढ्नु पर्ने बताएका छन् ।
पालिका स्तरीय भेलाले नेकपा फिक्कल गाउँपालिकाका सचिव मुरारी भण्डरीलाई पद मुक्त गरी हेम प्रसाद पहाडीलाई सचिवको जिम्मेवारी दिएको छ। भेलाले नेकपाको गाउँपालिका स्तरीय ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ । सचिवालयमा नेकपा फिक्कलका अध्यक्ष रामप्रसाद भण्डारी, सचिव हेम प्रसाद पहाडी(शम्भु) वडा नं. १ का गुणराज पहाडी वडा नं. का कुलिन्द्र राना मगर, वडा नं ५ का बुद्धिलाल पहाडी, वडा नं ४ को कृष्ण प्रसाद बराल वडा नं ३ ठाकुर फूयाँल लगायतका रहेका छन्। पार्टीको गतिविधि चुस्त छरितो बनाउन सचिवालय गठन गरिएको अध्यक्ष रामप्रसाद भण्डारीले जनाएका छन् ।
यसैबीच भेलाले नेकपाको जिल्ला किमिटीमा मनोनित भएका जिल्ला समितिका सदस्यहरुको सप थग्रहण कार्यक्रम पनि सम्पन्न गरेको छ । राम्रप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घोषण फिक्कल गाउँपालिकाका युवा नेता तथा वडा नं. ५ अध्यक्ष र पालिकाका प्रवक्तासमेत रहेका राजु बरालले गरेका थिए ।

