काठमाडौं । नेकपाको सिन्धुली-काठमाडौ‌ं सम्पर्कमञ्चको कार्यकर्ता भेला सम्पन्न भएको छ । सिन्धुली-काठमाडौं सम्पर्क मञ्चले कोटेश्वरस्थित गौरीशंकर पार्टी प्यालेसमा कार्यकर्ता भेला सम्पन्न गरेको हो ।  

मञ्चले शनिबार पूर्व मन्त्री तथा केन्द्रीय सदस्य आनन्द पोखरेलको प्रमुख आतिथ्यता तथा नारायण बहादुर सुनुवारको अध्यक्षतामा कार्यकर्ता भेला सम्पन्न गरेको हो । मञ्चको भेलाले नारायण बहादुर सुनुवारको संयोजकत्वमा १०१ सदस्यीय सम्मेलन आयोजक समिति बनाएको छ ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्यहरू गोमा देबकोटा, प्रदीप कटुवाल, शान्तिमान कार्की, हेम बहादुर लामा, नरेन्द्र श्रेष्ठ, श्याम बस्नेत, कौसल कोइराला, रामकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । त्यस्तै  प्रदेश सम्पर्क समन्वय कमिटीका सल्लाहकार, प्रदेश सम्पर्क समितिका उपाध्यक्ष सचीव तथा सचिबालय सदस्यहरू, कमलामाई नगरपालिकाका उपमेयर, अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष तथा फिक्कल गाउँपालिकाका उपाध्यक्षलगायतको उपस्थति रहेको संयोजक नारायण बहादुर सुनुवारले जनाएका छन् ।

पार्टीको आन्तरिक गुट तथा अन्तरविरोधका बीच गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा वलीले संसद् विघटन गरे पश्चात पार्टी दुई ध्रुवमा विभाजित भएपछि आ-आफ्ना नेता तथा निकटतका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमहरू बाक्लो हुने गरेको छ ।