संगिता डिम्दोङ, सिन्धुली । अखिल नेपाल महिला संघ सिन्धुलीले जिल्ला प्रसासन सिन्धुली मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारि योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाईएको हो ।
संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीमाथि असामायिक,अपाच्य, गालिगलौज तथा उश्रृङ्खल गतिविधि गरिएकाले उक्त गतिविधि रोक लगाई उश्रृङ्खल गतिविधि गर्नलाई कडा भन्दा कडा कारबाही गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
पुस ५ गते प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा संसद् बिघटन गरिएको थियो । उक्त संसद् बिघटनको विरोधमा प्रचण्ड-नेपाल पक्ष,नेपाली काङ्ग्रेस,जनता समाजवादी पार्टीलगायतले विरोध गर्दै आएका छन् । विज्ञप्तिमा भनिएको छ “लोकतन्त्रमा जुलुस सभा गर्ने आफ्नो विचार अभिब्यक्त गर्ने स्वतन्त्र हुन्छ । हाल केही दिनहरुमा सार्वजनिक कार्यक्रममा भेला, जुलुस,नारा तथा विद्युतिय सामाजिक सन्जालद्धारा कानूनको सर्वोच्च निकाय सम्माननिय राष्ट्रपतिको विरुद्धमा अत्यन्तै लज्जास्पद,अमानवीय,अराजक र निकृष्ट ढंगले अपमानजनक अर्मयादित असभ्य र कानुनले बन्देज गरेका भाषको प्रयोग गदैँ दिइएको अभिब्यक्तिहरु प्रति अखिल नेपाल महिला संघ घो निन्दा,भत्र्सना र खेद ब्यक्त गर्दछ ।”
अखिल नेपाल महिला संघ सिन्धुलीले सरकार समक्ष राष्ट्र,जनता तथा सिङ्गो महिला समुदाय,आमा, दिदिबहिनीमाथि घोर अपमान भएकाले दोषीको पहिचान गरी कारबाहि गर्न जोडदार माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारि योगेन्द्र प्रसाद पाण्डेले गृह मन्त्रालय समक्ष उक्त ज्ञापनपत्र आजै बुझाउने बताउनु भएको छ । अखिल नेपाल महिला संघले आज देशब्यापी रुपमा उश्रृङ्खल गतिविधि गर्नलाई कडा भन्दा कडा कारबाहि गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

