सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सिन्धुलीको विस्तारित बैठक सम्पन्न भएको छ । प्रदिप कटुवालकाे अध्यक्षतामा बसेको विस्तारित बैठकले दाहाल-नेपाल समूहको लेखनाथ दाहाल(राजन) लाई जिल्ला अध्यक्षबाट हटाउने निर्णय गर्दै विस्तरित बैठक बोलाएको हो ।

सोमवार सिन्धुलीमाढीमा केपी समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला संगठन कमिटी सिन्धुलीको विस्तारित बैठकले जिल्ला जिल्ला अध्यक्षमा अध्यक्षमा नेकपा केन्द्रीय सदस्यसमेत रहेका प्रदिप कटुवाललाई अध्यक्ष चयन गरेको छ ।

पार्टीको बिधी र विधान विपरित गुटको भेला गरेर हिडेको भन्दै पार्टी यस अघिका अध्यक्ष राजन दाहाललाई अध्यक्षबाट हटाईएको अनेरास्वबियु केन्द्रिय सदस्य गोकर्ण भुजेलले जानकारी जनाएका छन् । विस्तारित बैठकले प्रदिप कटुवालको अध्यक्षतामा ५ सय ५१ सदस्य जिल्ला सम्मेलन आयोजक कमिटी समेत गठन गरेको छ ।

नेकपा जिल्ला संगठन कमिटी सिन्धुलीको विस्तारित बैठको प्रमुख अतिथीमा पूर्व मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य आनन्द पोख्रेलले गरेका थिए भने केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बिषमलाल अधिकारी दनुवारले बिशेष आतित्यथा गर्नु भएको थियो ।

अतिथिहरुमा केन्द्रीय सदस्यहरू केशब प्रसाद देवकोटा, डम्बर बहादुर कार्की, निरु दर्लामी, प्रदिप कटुवाल, गोबिन्दलाल माझी, शंकरनाथ शर्मा लगायतको रहेको थियो ।