संगिता डिमदोङ्, सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला संगठन सिन्धुलीले जिल्ला प्रसासन कार्यलय सिन्धुली मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको छ । नेकपा जिल्ला अध्यक्ष लेखनाथ दाहाल राजनको नेतृत्वमा प्रतिनिधिसभा बिघटनको बिरोधमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

शुक्रबार जारी ज्ञापन पत्रमा भनिएको छ “ तपाईले २०७७ पुस ५ गते नेपालको संविधानको ठाडो उल्लङ्घन गरी असंवैधानिक,अलोकतान्त्रिक एवम् स्वेच्छाचारी ढंगबाट प्रतिनिधिसभा बिघटन गर्न प्रतिगामि कदम चाल्नु भएकाले हामी त्यसप्रति तिब्र आपत्ति प्रकट गर्दै घोर बिरोध एवम् भ्रर्त्सना गदछौँ।''

विज्ञप्तीमार्फत ठूलो बलिदानिपुर्ण संघर्षबाट प्राप्त गरिएको ऐतिहासिक राजनैतिक परिवर्तन,संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा गर्न,वर्तमान असंवैधानिक कदम तथा सबै प्रकारको प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र त्यसको लागि जस्तोसुकै संघर्ष गर्न नेपाली जनता सक्षम रहेको चेतावनी दिइएको छ ।

साथै संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बिघटन गर्ने कुनै अधिकार नभएको उल्लेख गर्दै संविधानको सम्बन्धित धाराको पुन अध्ययन गर्न संविधानको सबै पाठ ज्ञापनपत्रसँगै पठाइएको छ ।

यसैबीच आज नै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियनले पनि जिल्ला प्रसासन कार्यलय सिन्धुली मार्फत प्रधानमन्त्री ओलिलाई ज्ञापनपत्र बुझाएको छ । प्रतिनिधिसभा बिघटन प्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियनका सहसंयोजक भानुभक्त श्रेष्ठको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेमार्फत ज्ञापन पत्र बुझाएको हो ।

अनेरास्ववियुले बुझाएको ज्ञापनपत्रमा आम बिद्यार्थिहरुको शिक्षाभित्र सबै प्रकारका विकृती र विसंगतिको बिरुद्धमा लड्दै संविधानमा शिक्षालाई मौलिक अधिकारको रुपमा सुनिश्चित गर्ने मात्र नभएर समाज रुपान्तरणको हरेक आन्दोलनमा सहभागि हुँदै राजनीतिक भूमिका पुरा गरेको उल्लेख गरिएको छ । असवैधानिक प्रतिनिधिसभा बिघटन सम्बन्धी प्रतिगाामी प्रधानमन्त्रीको कदम विरुद्ध संगठनले घोर भ्रर्त्सना गर्दै उक्त कदमलाई सच्याउन समेत ज्ञापनपत्र मार्फत माग गरिएको छ ।