एकराज राई, दोहा। नेपाल आदिवासी जनजाति महासंघ कतारको आयोजनामा गत १८ फेब्रवरी २०२२ शुक्रवारको दिन संस्थाका अध्यक्ष श्री पुरुषोतम सुनुवारज्यूको सभापतित्वमा महासंघ कतारका प्रमुख सल्लाहकार श्री शिब कुमार भुजेल ज्यूको प्रमुख आतिथ्यमा नेपालका प्रथम शहिद लखन थापा मगर स्मृति दिवसको अवसरमा श्रद्दान्जली सभा कार्यक्रम दोहाको माउन्ट एभरेस्ट रेस्टुरेन्टको सभाहलमा सपन्न भयो ।

नेपाल आदिवासी जनजाति महासंघ कतारमा आवद्द १३ वटा मातृ संस्थाहरुको सहभागितामा मातृ संस्थाका अध्यक्ष ज्यूहरु, संस्थापक तथा सल्लाहकार ज्यूहरु, पूर्व अध्यक्ष ज्यूहरु, सचिवालय सदस्य ज्यूहरु, संघीय परिषद सदस्य ज्यूहरु लगायत आदिवासी जनजातिहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका बरिस्ठ उपाध्यक्ष श्री भाईकाजी गुरुङ ज्यूले उपस्थित सम्पूर्णलाई स्वागत मन्तब्य राख्दै प्रथम शहिद लखन थापा मगरको बारेमा केहि जानकारी प्रस्तुत गर्नु भयो ।

कार्यक्रममा प्रथम शहिदको फोटोमा खादा र माला अर्पण गरी दिप प्रज्वलन गर्दै एक मिनेट मौनधारण गरीएको थियो । उक्त श्रद्धान्जली कार्यक्रममा सबै मातृ संस्थाहरुको तर्फबाट प्रवासी भुजेल समाज कतारका अध्यक्ष श्री बिनोद भुजेल, संस्थापक सदस्य तथा सल्लाहकार सुक बहादुर तामाङ ज्यू, संस्थापक सदस्य तथा सल्लाहकार बिल बहादुर गुरुङ ज्यूले प्रथम शहिद लखन थापा मगरको बारेमा थाप जानकारी दिदै श्रद्धान्जली भनाईहरु राख्नु भएको थियो ।

त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि शिब कुमार भुजेल ज्यूले नेपालको प्रथम शहिद लखन थापा मगरको बारेमा थाप जानकारी दिदै आगामी दिनहरुमा अझै भब्य रुपमा मनाउन सुझाब सल्लाह दिदै दिप प्रज्वलन गरी फुल अर्पण गर्नु भएको थियो । अन्त्यमा कार्यक्रमका सभापति श्री पुरुषोतम सुनुवार ज्यूले उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै श्रद्धान्जलीका भनाईहरु राख्दै समापन गरेका उक्त कार्यक्रम संस्थाका महासची एकराज राई ज्यूले संचालन गरेका थिए ।