विशाल श्रेष्ठ, सउल, दक्षिण कोरिया। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको ऐतिहासिक महाधिवेशन फेब्रुअरी २० तारिखमा कोरोना लाइ मध्यनजर गर्दै जुम भर्चुअल अनलाइन माध्यम मार्फत हुँने भएको छ।

"देश र धर्म जोगाउने अभियान प्रवासी नेपाली एकता समाज, दक्षिण कोरियाको महाधिवेशन "भन्ने मुल उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननिय राजेन्द्र लिङ्देन को प्रमुख अतिथि र धार्मिक अभियान्ता अभिषेक जोशीको विशिष्ट अतिथिमा प्रवासी नेपाली एकता समाज दक्षिणकोरियाको ऐतिहासिक महाधिवेशन जुम भर्चुअल माध्यमबाट भएको छ ।

महाअधिवेशनको लागि सम्पुर्ण गतिविधि पूरा भइसकेको सन्जिब भण्डारी ले जानकारी गराएका छन् साथै पदाधिकारी चयनको प्रक्रिया हरु पनि अघि बढिसकेको पनि बताए। कोरियामा रहेर विभिन्न पेसामा आवद्ध राष्ट्र प्रेमी बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी सम्पुर्णलाइ लाई उपस्थितीका लागि‌ सन्जिप पराजुलीले निमन्त्रणा गरेको छ।

कार्यक्रम:

मिति: २०फेब्रुअरी २०२२
समय: बेलुका ५ बजे(कोरियन समय) दिउसो १:४५ बजे (नेपाली समय)
जुम आइडि: 2836429744
पासकोड : FN2015