विशाल श्रेष्ठ, दक्षिण कोरिया। राष्ट्रीय प्रजातन्त्र पार्टी निकट प्रवासी संगठन प्रवासी नेपाली एकता समाज, दक्षिण कोरियाको अधिबेशन यही फेब्रुवरी २० तारिख आइतबार कोरोनाको कहरलाई मध्येनजर गर्दै जुम भ्रचुअल माध्यमबाट हुने भएको छ।

संगठनलाई थप मजबूत बनाउनको लागि अधिबेशन गर्ने निर्णय रहेको प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाले जनाएको छ । राप्रपाको अध्यक्ष राजेद्र लिङ्देनको प्रमुख अथित्वमा अधिबेशन हुन लागेको सन्दिप पराजुली जानकारी गराउनु भयो। बैठकमा बिधान संसोधन समितिमा संन्जिव भण्डारीको संयोजकत्वमा सुदिप पौडेल, समिरसिँह ठकुरी र रामचंद्र सुबेदीलाई बिधान संसोधन समितिको नियमावलीको जिम्मा दिने निर्यण रहेको छ ।

साथै तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी प्रविधिक प्रमुख महेशसिँह महरालाई दिईएको छ । समान बिचार आस्था रहेका दक्षिण कोरियामा रहनु भएको राष्ट्रप्रेमी परम्परागत शक्ती नेपाली दाजूभाई तथा दिदिबहीनीहरुलाई प्रवासी नेपाली एकता समाज, दक्षिण कोरियामा आबद्ध हुन आग्रह गर्दै अधिबेशन सहभागी हुनको लागि बाबुराजले हार्दिक अपिल गर्नु भएको छ ।