विशाल श्रेष्ठ, दक्षिण कोरिया। नवलपुर समाज दक्षिण कोरियाको तेश्रो अधिबेशन सम्पन्न भएको छ । नवलपुर समाज दक्षिण कोरियाको तेश्रो अधिबेसन कोरोनाको महामारी लाइ मध्यनजर गर्दै भर्चुअल माध्यम जुम बाट र प्रत्यक्ष उपस्थित सउलमा गराएर सम्पन्न भएको छ।

अधिवेशनबाट समाजको अध्यक्षमा हेम पाठक लाइ सर्वसम्मत चयन गरेको छ । क्रिष्ण डुम्रेको अध्यक्षतामा भर्चुअल माध्यम र प्रत्यक्ष उपस्थितिमा आयोजित अधिवेशनवाट हेम पाठक अध्यक्ष , हरि कन्डेल बरिष्ठ उपाध्यक्ष र सचिबमा राजु पाण्डे लाइ सर्बसम्मत चयन गरेको छ ।यसैगरि उपाध्यक्ष श्रीधर कंडेल, उपाध्यक्ष मनोज पगेनि, उपाध्यक्ष प्रकाश थापा, तथा सह- सचिव किशोर वस्याल,कोषाध्यक्ष अम्रित भुर्तेल,सह- कोषाध्यक्ष पुनम पाठक र सदस्य हरु योगेश घिमिरे,सन्तोष भट्टराई, तिर्थ पाण्डे, धुर्व गुरुङ चयन गरिएको छ।

नवनिर्वाचित कार्यसमिति पदाधिकारी हरुलाइ बधाई तथा शुभकामना दिदै आगामी दिनहरुमा पनि सस्थाको नितिनियममा रहेर काम गर्न र एक्यबद्धता जनाउन अनुरोध गरे साथै नवलपुर समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन लाइ सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा जुम भर्चुअल माध्यम‌ मार्फत जोडिएर सहयोग गरिदिनुहुने उपस्थित समस्त महानुभावहरु लाइ आयोजकको तर्फबाट हार्दिक धन्यबाद व्यक्त गरेको छ।