विशाल श्रेष्ठ, दक्षिण कोरिया। चितवन सम्पर्क समिति दक्षिण कोरियाको १७ औँँ अधिबेशन सम्पन्न भएको छ। चितवन सम्पर्क समिति दक्षिण कोरियाको १७ औँ अधिबेसन कोरोनाको महामारी लाइ मध्यनजर गर्दै भर्चुअल माध्यम जुम बाट र प्रत्यक्ष उपस्थित सउलमा गराएर सम्पन्न भएको छ।
अधिवेशनबाट सम्पर्क समितिको अध्यक्षमा राजकुमार स्याङ्तान लाइ सर्वसम्मत चयन गरेको छ । बिजय अर्यालको अध्यक्षतामा भर्चुअल माध्यम र प्रत्यक्ष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा नेपाल सरकारको पुर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डे प्रमुख अतिथि थिए । नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा सागर सापकोटा तथा उपाध्यक्षमा समुन्द्र अर्याल, अमित चौधरी महासचिबमा विनोद चौधरी सचिबमा पुर्णकला कुँवर पौडेल, गोबिन्द चौधरी कोषाध्यक्षमा बुद्धि बहादुर तामाङ र सह कोषाध्यक्षमा रामकुमार चौधरी रहेको छ। यसैगरी सदस्यहरुमा देव चौधरी, प्रेम चौधरी, रबिन्द्र बुढाथोकी,अतिज लामा रहेको छ। नवनिर्वाचित कार्यसमिति पदाधिकारी हरुलाइ बधाई तथा शुभकामना दिदै प्रमुख सल्लाहकार गिरिराज कुँवरले आगामी दिनहरुमा पनि सस्थाको नितिनियममा रहेर काम गर्न र एक्यबद्धता जनाउन अनुरोध गरे।

