काठमाडौं। नेपाल र मौरिससबीचको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले जित हाँसिल गरेको छ। खेलको दोस्रो हाफमा ५५ औँ मिनेटमा नेपालका लागि बिमल घर्ति मगरले गरेको गोलनै नेपालको जितका लागि निर्णायक बनेको हो।
पहिलो पटक नेपाली भूमिमा मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको मौरिससले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो। लामो समयपछि राष्ट्रिय टिमका फर्केका बिमल घर्ति मगरले अन्जन विष्टको पासमा उत्कृष्ट गोल गरेका हुन्।
जित सँगै नेपालले सन् २०११ पछि पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल जितेको हो।

