विशाल श्रेष्ठ, सउल, दक्षिण कोरिया। सनातन साहित्य सङ्गीत साधना समूह पाँच स दक्षिण कोरियाको जनवरी ३१ मा प्रत्यक्ष तथा भर्चुअल माध्यम जुमबाट संस्थाको पाँचौ अधिवेशन हूने भएको छ। पाँचौ अधिवेशन को लागि सस्थागत गतिविधि पूरा भइसकेको पाच 'स'को उपाध्यक्ष कमल भण्डारीले जानकारी गराएका छन्।
उनका अनुसार पदाधिकारी चयनको प्रक्रिया हरु पनि अघि बढिसकेको पनि बताए। पाँच’स दक्षिण कोरिया एक आध्यात्मिक संस्था भएकोले पूर्वीय कला,संस्कार साथै संस्कृतिको प्रवर्द्धनमा सम्पुर्णको अमूल्य योगदान रहने संस्थाको अध्यक्ष प्रेमराज अधिकारीले विश्वास राख्नुभएको बताउनुभएको छ। साथै संस्थाप्रति आस्थावान व्यक्तिहरू संस्थामा समवद्ध भयर काम गर्ने इक्षा राख्नूभयको छ भने; संस्थाका जुनकुनै पदाधिकारीसंग सम्पर्क गर्न सक्नुहुने पनि जानकारी दिनुभयो।
कार्यक्रम मिति: ३१ जनवरी २०२२ सोमबार
कार्यक्रम समय: दिउँसो १ बजे जुम
आईडि: 2388077301
पासकोड:100
प्रत्यक्ष कार्यक्रम स्थल: पाँच स दक्षिण कोरियाको नेपाली सास्कृतिक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल,आन्सान

