विशाल श्रेष्ठ, सउल, दक्षिण कोरिया। कर्णाली प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन फेब्रुअरी १ तारिखमा कोरोना लाइ मध्यनजर गर्दै प्रत्यक्ष उपस्थिति र जुम अनलाइनमार्फत हुने भएको छ।
“कर्णाली प्रदेशको शान, प्रवासी भूमीमा एकता नै हाम्रो पहिचान” भन्ने मुल नारा लिएर २०२० मा कोरियामा रहेका कर्णाली बासिहरु मिलेर स्थापना गरेको संस्थाले विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्दै आएको छ। समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै आएको छ त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप साथै अहिलेको कोरोना लहरमा पनि नेपालको लागि स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ।
दोस्रो अधिवेशन को लागि सस्थागत गतिविधि पूरा भइसकेको समाजका सचिव तिलक हमालले जानकारी गराएका छन् साथै पदाधिकारी चयनको प्रक्रिया हरु पनि अघि बढिसकेको सस्थागत सल्लाहकार आशाराम ढुंगानाले बताए। विभिन्न पेसामा आवद्ध कर्णाली बासि, कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लाई उपस्थितीका लागि समाजका अध्यक्ष प्रकाश बस्नेत(पदम) ले अनुराेध गरेका छन्।
र्यक्रम मिति: १ फेब्रुअरी २०२२ मंगलबार कार्यक्रम
समय: दिउसो १ बजे
जुम आइडि: 75402934147
पासकोड : karnali22

