सिन्धुली। सुनकोशी गाउँपालिका सिन्धुलीको आयोजनामा तीन दिने आँखा शिविर तथा मोतिया विन्दु सल्यक्रिया सम्पन्न भएको छ। गाउँपलिकाको समन्वयमा वडा नं.-६ खाल्टे स्थित आत्मिय सामुदायिक अस्पतालमा तीन दिने शिवर बिहिबार सम्पन्न भएको हो।
गाउँपालिकाको सहयोग तथा आत्मिय सामुदायिक अस्पतालको समन्वय र सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा गत पुस १३ गतेदेखि शिविर सञ्चालन भएको थियो। शिविरमा ४० जना आँखा बिरामीको मोतिया विन्दुको अप्रेसन भएको सगरमाथा चौधरी आँखा अस्पताल लाहालनका फिल्ड कोअर्डिनेटर राजकुमार यादवले जनाएका छन्।
आँखा उपचारका लागि आउने बिरामीहरुलाई निशुल्क अप्रेसन, औषधी, चस्मा, खान बस्न र आवतजावतको समेत अस्पतालले नि:शुल्क गरेको गरेको आत्मिय अस्पतालले जनाएको छ।

