काठमाडौं । चीनिया रक्षामन्त्री वेई फेङ्हे नेपालको एक दिने नेपाल भ्रमण सकेर आजै स्वदेश फर्किएका छन् । आज विहान १० बजे नेपाल आईपुगेका चीनियाँ रक्षामन्त्री फेङ्हे आज साँझ स्वदेश फर्किएका हुन् ।
एक दिने भ्रमणमा रहेका फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता सकेर स्वदेश फर्किएका हुन् ।
फेङ्हेलाई गृहमन्त्रीिले विमानस्थलमा स्वागत गरेर नेपाली सेनाको जंगीमा सम्मान गारद प्रदान गरिएको थियो । त्यस पश्चात राष्ट्रपति, प्रधानमन्त्रीसँग भेटवार्ता गरेका फेङ्हेले प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित र सैन्य सहयोगका विषय लगायत संयुक्त सैन्य अभ्यासको विषयमा समेत छलफल भएको छ ।

