काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्द्धन श्रंगला नेपाल आइपुगेका छन् । 

श्रंगला दुई दिने नेपाल भ्रमणको लागि चार्टर्ड विमानमार्फत नेपाल आएका हुन् । नेपालको परराष्ट्र सचिवले निमन्त्रणमा नेपाल आएका श्रंगलाको पहिलो नेपाल भ्रमण हो । 

उनको आजै उच्चस्तरीय भेटवार्ताको कार्यक्रम रहेको र भोली अन्य केही कार्यक्रममा भाग लिइ स्वदेश फर्कने कार्यक्रम रहेको छ । उनको भेटवार्तामा दुईपक्षीय सहकार्यको विषयमा छलफल हुने छ ।