काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) को आर्थिक वर्ष २०७७/७८ को चौधौं वार्षिक साधारण सभा मिति २०७८ पौष ९ गते हुने भएको छ।
कम्पनीको मिति २०७८ मंसिर १६ गते अपरान्ह ४ बजे बसेको संचालक समितिको ४११औं बैठकले बैंकको चौधौं वार्षिक साधारण सभा आगामी २०७८ पौष ९ गते शुक्रवार बिहान ११:१५ बजे देखि केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौंमा अनलाईन (Zoom Meeting) मार्फत संचालन गर्ने निर्णय गरेको हो।
यस्तै, कम्पनीले घोषणा गरेको १३.७१२% लाभांश तथा चौधौं वार्षिक साधारण सभा प्रायोजनको लागि मंसिर २७ गते १ दिन शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गरिने भएको छ।
तसर्थ, मिति २०७८ मंसिर २६ गते सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई नियमानुसार सि. डि. एस. एण्ड क्लियरिङ्ग लिमिटेडबाट राफसाफ समेत भई यस संस्थाको शेयर दर्ता किताबमा कायम हुन आएका शेयरधनीहरुले मात्र सभामा भाग लिन साथै लाभांश प्राप्त गर्न सक्नेछन्।


