रामेछापको उमाकुण्ड गाँउपालिका वडा नं ५ र ६ मा जनता समाजबादी पार्टीको वडा समिति गठन भएको छ । वडा नं. ५ प्रितीमा बुधबार थर्क बहादुर तामाङ अध्यक्षतामा नौ सदस्यीय वडा समिति गठन भएको हो ।

नवगठित समितिमा उपाध्यक्ष पदमा कुल बहादुर सुनुवार, सचिबमा टंकराज खडका, सह–सचिबमा राजन सुनुवार, कोषाध्यक्षमा ज्ञान बहादुर सुनुवार, सदस्यहरुमा कृष्ण कुमार खड्का, प्रेम कुमार सुनुवार, खेमराज खत्री र सितामाया सुनुवार रहेका छन् ।

त्यसै गरि वडा नं. ६ गुप्तेश्वरमा हिरा श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय वडा समिति गठन भएको छ । गठन कार्यक्रममा जनता समाजबादी पार्टीका नेता मन प्रसाद सुनुवार, अमृत बहादुर सुनुवार, रामेछाप जिल्लाका कोषाध्यक्ष निरुता मोक्तानको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रममा नेकपा र कांग्रेस पार्टी परित्याग गरि स्थानिय युवाहरु जनता समाजबादी पार्टीमा प्रबेश गरेका थिए ।