काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको काठमाडौ महानगरपालिकामा समायोजन र संगठन सुदृढीकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
पूर्व प्रधानमन्त्री तथा जसपा, नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई पार्टी केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र गंगानारायण श्रेष्ठलेसम्बोधन गरेका थिए । समायोजित समितिका अध्यक्ष अनुपसिं सुवालको नेतृत्वमा ८९ सदस्यीय समिति गठन भएको छ । समायोजित समिति पार्टी केन्द्रीय सदस्य पवित्र बज्राचार्यले घोषणा गरेका थिए ।
