काठमाडौं। न्यादी हाइड्रोपावर लिमिटेडको आइपिओमा आज देखि आवेदन दिन सकिने छ। हाइड्रोपावरले आज असोज १५ गतेदेखि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको हो।
हाइड्रो पावरले निष्काशन गरेको कूल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयरमा सर्वसाधरणले आवेदन दिन सक्नेछन्। हाइड्रो पावरले निष्काशन गेरको शेयरमा छिटोमा असोज १९ गतेसम्म र सो अवधिमा माग अनुसार आवेदन नपरे असोज ३१ गतेसम्म आवेदन दिन सकिने छ।
हाइड्रो पावरको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। हाइड्रो पावरको आईपीओलवाई केयर रेटिङ्ग नेपालले 'केयरएनपी डबल बी इस्यूअर' रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

